मौलिक कौडा भाकामा दीपा गुरुङको ‘शीरैमा शीरफूल’

म्यूजिक खबर
प्रकाशित: ५ माघ २०७७, सोमबार

काठमाडौं । पश्चिम क्षेत्रमा प्रचलित मौलिक कौडा भाकाको गीत ‘शीरैमा शीरफूल’ सार्वजनिक भएको छ । गायिका दीपा गुरुङ र गायक नेत्र भण्डारीको स्वरमा रहेको गीत ‘शीरैमा शीरफूल’ आजबाट बजारमा आएको हो । रमेश परियारको शब्द एवं नेत्र भण्डारीको संगीतमा रहेको यस गीतमा रुपी सिंजाली मगर, प्रम राना मगर, ध्रुवराजा धिताल, गंगा पुनको कोरस गायन रहेको छ । विपिन आचार्यको संगीत संयोजन रहेको यस गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् । गीतलाई मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो ।

गायिका दीपा गुरुङकै सुटिङ स्टुडियोमा छायाँकन गरिएको यस गीतको म्यूजिक भिडियोमा दीप कोके गुरुङको निर्देशन एवं कोरियोग्राफ रहेको छ ।

म्यूजिक भिडियोमा आनन्द गुरुङ, अनिल गुरुङ र सलिना बुढाथोकीको अभिनय रहेको छ । पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकारको नृत्य रहेको यस गीतको म्यूजिक भिडियोलाई करण चैंसिरले छायाँकन गरेका हुन् । भिडियोलाई मेक बहादुर थापाले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु