‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १३ भाद्र २०७६, शुक्रबार

काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’ ‘जुनको जुनेली’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । सोही गीतमा राजेन्द्र थापाको शब्द, बसन्त थापा र मिना निरौलाको स्वर रहेको गीतमा बसन्तकै सङ्गीत रहेको छ भने योगेशकाजीले एरेञ्ज गरेका हुन् र उक्त गीतमा एचवीएन किस्मतको मिक्सिङ रहेको छ भने सोही गीतमा चलचित्रका प्रमुख कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र सुपुष्पा भट्टको अभिनय रहेको छ । आमा सुरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईबीच सहकार्य भएर निर्माण भएको यस चलचित्रका निर्माता रोहित अधिकारी हुन् । गीत सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ । चलचित्रत्र असोज २४ गतेबाट प्रदर्शनमा जानकारी गरेको छ । दीपेन्द्र लामाको निर्देशित यो चलचित्रमा बुद्धि तामाङ, रजनी गुरुङ, रामकाजी घिमिरेको पनि अभिनय रहेको छ ।

चलचित्रका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको चलचित्रमा दीपकराज गिरीको पटकथा रहेको छ । संवादमा दीपकराजलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको यस चलचित्रमा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । हरि हुमागाईंको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको चलचित्रले ४० वर्ष उमेर अन्तरालको प्रेम कथा वाचन गर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु