आत्महत्याको प्रयास गरेका गायक दिपक परियारको उपचारको क्रममा मृत्यु

म्यूजिक खबर
प्रकाशित: १२ असार २०७७, शुक्रबार

बुटवल । आफ्नै कोठामा झुण्डिएर आत्महत्याको प्रयास गरेका गायक दिपक परियारको उपचारको क्रममा निधन भएको छ ।
गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएको थियो । उनको उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिएका छन् ।

कान्छीबजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य हुन् । उनले बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए ।

दीपकको शव पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु