चलचित्र प्राविधिकलाई दीपक, दीपा, केदारको सहयोग, पल शाहले दिए ५ लाख

म्यूजिक खबर
प्रकाशित: २२ चैत्र २०७६, शनिबार
Deepakraj Giri

काठमाडौं । कोरोना भाईरसको माहामरीले बिश्वलाई त्रसित बनाइरहेको बेला नेपालमा पनि त्यसको असरले लामो समयदेखि लकडाउन भएको छ । सबै क्षेत्र ठप्प छ, जसले गर्दा चलचित्र क्षेत्रमा कार्यरत मजदूरहरुमा पनि असर परेको छ । चलचित्र उद्योगमा दैनिक ज्याला लिएर काम गर्ने प्राविधिकहरुको अवस्था दयनिय भएको छ । यहि समयमा अभिनेता तथा निर्माता दीपक राज गिरी लगायतको टीमले फिल्ममा काम गर्ने प्राविधिकलाई राहत स्वरुप सहयोग घोषणा गरेका छन् । शुक्रबार फेसबुकमा एक स्टाटस् लेख्दै गिरीले हाम्रो तर्फबाट एक लाख १० हजार सहयोग भन्दै घोषणा गरेका हुन् । सोही स्टाटसलाई निर्देशक तथा अभिनेत्री दीपा श्री निरौला, अभिनेता केदार घिमिरे लगायतले पनि पोस्ट गरेका छन् ।

स्टाटसमा लेखिएको छ, ‘चलचित्रकर्मी साथिहरू । हामिलाइ सुटिंगको समयमा, भोक लाग्दा खाना खुवाउने, हामिलाइ गर्मि हूँदा छाता ओढाउने, हामिलाइ राम्रो देखाउन गर्हौ लाइट उचाल्ने प्राविधिकहरूको लागि यो कठिन समय हो । अतः सबै मिलेर केहि सहयोग गरौँ । हाम्रो तर्फबाट रू. १ लाख १० हजार दिँदैछौ । चलचित्र क्षेत्रका इच्छूक साथिहरूले पनि इनबक्स गर्न सक्नु हुनेछ । आउनुस एकमुष्ट सहयोग गरौं ।’

उनीहरुको यो कदमपछि चलचित्र क्षेत्रमा क्रियाशील नायक, नायिका, कलाकार, निर्देशक, निर्माताहरुबाट पनि सहयोग जम्मा हुने क्रम बढेको छ । जस अनुसार अभिनेता पल शाहले ५ लाख सहयोग गर्ने बताएका छन् । त्यस्तै स्वस्तिमा खड्का, बर्षा राउत, रमेश उप्रेती, अनुराग मान सिँह कुवंर , नीता ढुगाना, गौरव पहारी, अनुप भट्टराइ, लक्ष्मण सुबेदीबाट पनि सहयोग गरिने प्रतिबद्धता गरेको दीपकराज गिरीले स्टाटसमार्फत जानकारी गराएका छन् । तर कति रकम सहयोग गर्ने भन्ने उल्लेख गरेका छैनन् । अन्य कलाकारहरुबाट पनि सहयोग आउने क्रम जारी रहेको उनले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु