गीतिलेखनसँगै निर्देशनमा होमिए गीतकार पाठक (भिडियो हेर्नुस्)

म्यूजिक खबर
प्रकाशित: १७ माघ २०७५, बिहीबार

काठमाडौं । गीतकारको परिचय बनाएका दीपकराज पाठक यतिबेला भने निर्देशनतर्फ पनि आफूलाई उभ्याउन सफल भएका छन् । दर्जनौं गीत लेखेर रेकर्ड गराए पनि गीतकारको परिचयभित्रको अर्को क्षमता उनले बल्ल देखाउन सफल भएका छन् । उनको आफ्नै गीत ‘मैले भन्दा धेरै माया’ मा निर्देशनसमेत आफैंले गरेका छन् । गीतकार पाठकको शब्दरचनामा रहेको यस गीतमा विपिन आचार्यले संगीत एवं संगीत संयोजन गरेका छन् भने माण्डवी त्रिपाठीको स्वर समावेश गरिएको छ ।
गीतको म्यूजिक भिडियोमा गजित विष्ट र कसिस दाहाललाई प्रमुख भूमिकामा फिचरिङ गरिएको छ भने रिता विन्दु पाण्डे, एलिना पाठक, प्रकाश लम्सालको समेत अभिनय रहेको छ । शिवराम श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । भिडियोको निर्देशन भने गीतकार पाठक आफैंले गरेका हुन् ।

 


भक्तपुरबाट प्रारम्भ हुँदैछ दीपकको ‘मन मगन यात्रा’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु