‘असारको पानी’ मा दिपकराजको स्वर तथा संगीत

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७७, मंगलवार

काठमाडौं । संगीतकारका रुपमा चिनिएका दिपकराज विश्कर्माले पछिल्लो समयमा ‘असारको पानी’ बोलको गीत पनि गाएका छन् । बिरेन्द्र पाठकको शब्दमा तयार भएको गीतमा दिपकको स्वर तथा संगीत सुन्न सकिन्छ । थुप्रै गीतमा संगीत गरिसकेका विश्वकर्माले यो गीतबाट बढी आशा राखेको बताए।


गीतमा पुरुषोत्तम सुवेदीले संगीत संयोजन गरेका छन्। गीतको भिडियोमा सुवास शाह, नियुक्ती कान्जी शेर्पाको साथमा गीतकार पाठकले पनि अभिनय गरेका छन् ।
बिक्रम कार्कीको निर्देशन, प्रवेश राईको छायांकन र सम्पादन रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु