‘छक्का पन्जा’ टिमको निर्देशनमा चर्चित गीत ‘कति बस्छौ माइतीकै कौसीमा’ नयाँ भर्सनमा सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार

काठमाडौं । स्व. गायक राम थापाको स्वर रहेको गीत ‘कति बस्छौ माइतीकै कौसीमा’ को रिमेक भर्सन सार्वजनिक भएको छ ।

मुरारी प्रसाद लामिछानेको शब्द, संगीत रहेको गीतको अहिलेको भर्सनमा अन्जु पन्त र हिमाल श्रेष्ठको स्वर छ ।

गीतको संगीत र शब्दमा भीम विष्टले पहिलेभन्दा केही नयाँ दिने कोसिस गरेका छन् ।

‘छक्का पन्जा’ टिमको निर्देशनमा तयार भएको गीतको भिडियोमा दीपाश्री निरौला, केदार घिमिरे ‘माग्ने बुढा’, निर्मल शर्मा, बुद्धि तामाङ लगायतको अभिनय देख्न सकिन्छ ।

भिडियोमा हरि हुमागाईको छायाँकन, टेकेन्द्र शाहको सम्पादन र विक्रम स्वरको कोरियोग्राफी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु