‘शीतको पानी’ मा जिवन दर्शनको मर्म

म्यूजिक खबर
प्रकाशित: १२ पुष २०७७, आईतवार

काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा स्थापित जोडी गायक राजु ढकाल र देवी घर्ती मगरको स्वरमा ‘शीतको पानी’ बोलको गीत सार्वजनिक भएको छ ।

थुप्रै कालजयी गीत लेखीसकेका लोकप्रिय सर्जक रमेश बिजीको शब्द रहेको यस गीतमा जीवन भोगाईको यथार्थपरक शब्द बुनिएको छ । भने चेतन गोतामेको संगीत र एरेन्ज रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ भने कुमार रानाले गरेका हुन् ।

जीवन दर्शनको मार्मिक कथावस्तुमा तयार पारिएको गीतको भिडियो पनि उत्तिकै उत्कृष्ट बनेको छ । देबेन्द्र बब्लुको निर्देशन रहेको गीतको भिडियोमा सागर भण्डारी र छुल्ठिम डोल्मा गुरुङको दमदार अभिनय देख्न सकिन्छ । करन चैसिरको छायांकन रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु