देविका बन्दनाको तिज गित “छम छम बजाउँदै चुरा” सार्बजनिक(भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २५ श्रावण २०७७, आईतवार

काठमाडौं । बरिष्ट गायिका देविका बन्दनाको स्वरमा सजिएको तिज गीत “छम छम बजाउँदै चुरा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका देविका बन्दनाको यो दोस्रो तिज गित हो। दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो सुमधुर स्वरले करडौ दर्शक श्रोताको मन जित्न सफल बरिष्ट गायिका देविका बन्दना आफैमा स्थापित गायिका हुन। हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रमा कान्छी उपनामले चिनिने बरिष्ट अभिनेत्री शर्मिला मल्ल, मोडल सुजना बर्देवा, लक्ष्मी केसी सौन्दर्यविद सोनी काररंन्जित र फेसन डिजाइनर इन्ता श्रेष्ठ लगायत फिचर्ड छन् ।

सार्बजनिक गीतमा गीतकार तथा गायिका शोभा केसीको शब्द, संगीतकार सम्राट थापाको संगीत र एरेन्ज छ भने शिव विकको कोरियोग्राफी रहेको भिडियोमा अजय रेग्मीको छायांकन, पदम सुवेदीको सम्पादन र संचारकर्मी तथा निर्देशक सूर्य चन्दको निर्देशन देख्न सकिन्छ । भिडियो हेर्नुहोस :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु