देबिका बन्दना र कपिलको ‘मौसम बेइमानी’

म्यूजिक खबर
प्रकाशित: २० पुष २०७८, मंगलवार

काठमाडौं । तीन दशकदेखि निरन्तर गायनमै रहेकी देविका बन्दना नेपाली कलाक्षेत्रकी लोकप्रिय गायिका हुन् । एक समय फिल्म होस् वा आधुनिक गीत उनले छोए हिट हुन्थ्यो । धेरैले उनलाई ‘यस्तै रहेछ यहाँ को चलन’ गीतबाट पनि चिन्छन् । सुमधुर स्वरकी धनि गायिका उनै देबिका बन्दना यतिबेला यूगल गीत मार्फत स्रोतामाझ आएकी छिन् ।

मौसम बेइमानी बोलको गीतमा देबिकाको साथमा गायक कपिल कसपालको स्वर रहेको छ । संचारकर्मी समेत रहेकी गीतकार प्रतिमा श्रेष्ठको शब्द रहेको उक्त गीतलाई निल शाक्यले संगीत भरेका हुन् । स्टुडियो साउन्ड मिलमा रेकर्ड भएको हो गीतलाई मिक्सिङ,मास्टरिङ,रेकर्डिङ महेश्वरमान मान राजभण्डारीले गरेका हुन् ।

रागरागिनी इन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुति तथा ज्योती म्युजिकको सहकार्य मा निर्माण भएको गीतमा निर्माता राम गोपाल श्रेष्ठ रहेका छन । बिश्वास बज्राचार्यले निर्देशन गरेका गरेको उक्त गीतको भिडियोमा मोडेल सुधिर श्रेष्ठ तथा बिना राउत को अभिनय रहेको छ ।

गीतमा निशिला शाक्यको कोरियोग्राफी रहेको छ । उनी चर्चित डान्स रियालिटी शो डान्सिङ स्टार कि पनि कोरियोग्राफर हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु