
काठमाडौँ । लोकप्रिय गायिका देबिका वन्दनाले ‘भोलिलाई कस्ले पो देख्या छ’ बोलको मारुनी गीत सार्वजनिक गरेकी छिन् । गीतमा नरहरि प्रेमीको शब्द, सङ्गीत, अमोश तामाङको एरेञ्ज र दीप तुलाधरको मिक्सिङरमाष्टरिङ रहेको छ ।
दीप शाक्य श्रेष्ठको निर्देशनरकोरियोग्राफ रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, निशा गुरुङ, विशाल गुरुङ र विजी एरोविक एण्ड डान्स एकेडमी पोखराको डान्स ग्रुपलाई फिचरिङ गरिएको छ । अनिल श्रेष्ठले निर्माण गरेको भिडियोमा संजय लामाको छायाँकन र विजेश पौडेलको सम्पादन रहेको छ । गीतको भिडियोलाई देबिकाकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।