• हजुरआमाको सम्झनामा देवराजको ‘हाम्री हजुरआमा राम्री हजुरआमा’

    म्यूजिक खबर
    प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

    काठमाडौं । फोटोग्राफरबाट मिडियामा स्थापित भएका देवराज आचार्य पछिल्लो समय मोडलिङ र गायन क्ष्क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । धेरै गीतहरुमा मोडलिङ गरेका छन् भने केही गीतहरुमा स्वरसमेत दिएका छन् देवराजले । पछिल्लो समय आफ्नी हजुरआमाको देहवसान भएपछि गायक देवराज आचार्यले हजुरआमाको सम्झनाका लागि ‘हाम्री हजुरआमा राम्री हजुरआमा’ गीत बजारमा सार्वजनिक गरेका छन् ।
    हजुरआमाले भौतिक संसार छोडेर गए पनि बाँच्नेहरुलाई उहाँको आशिर्वाद लागिरहोस् भन्ने कामनासहित गीत रेकर्ड गराएका हुन् । हजुरआमाको चीरशान्तिको कामना गर्दै स्वर्गमा बास होस् भन्ने भावले भरिपूर्ण गीत ‘हाम्री हजुरआमा राम्री हजुरआमा’ बजारमा आएको हो । गीतको शब्द सिर्जना हिक्मत बुढाथोकीको रहेको छ भने शक्ति बल्लभको संगीत रहेको छ । देवराजको स्वर रहेको यस गीतको एरेन्ज भने कमल सौरागले गरेका छन् भने रेकर्डिङ निरज वलीको रहेको छ । गीतको मिक्सिङ विपिन आचार्यले गरेका छन् भने एमबी स्टुडियोमा गीतको सम्पूर्ण रेकर्डिङ कार्य सम्पन्न भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु