• भरत र लक्ष्मीको आवाजमा ‘धान कुटे चामल’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २१ माघ २०७६, मंगलवार

    काठमान्डौं । मौलिक नेपाली लोक गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल गायिका लक्ष्मी परियार र गायक भरत परियारको आवाजमा ‘धान कुटे चामल’ गीतको भिडियो सार्वजनिक भएको छ ।
    मायालु जोडी विचको त्रिकोणात्मक प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । भरत परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आम लोक दोहोरी पारखी दर्शक तथा स्रोतको भावना अनुसारको गीत सिर्जना गरिएको गायक परियारले बताए ।
    अनिल जिसीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा कृष्ण परियारको निर्देशन भिडियोमा रहेको छ । ‘धान कुटे चामल’ गीतको भिडियोमा समिक्षा परियार, विमल खत्री, सुवास राई र रजनी क्षेत्रीको अभिनय तथा नृत्य रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु