धना परियार र कर्साङ तामाङको ‘दिलमै फुल्नलाई’

म्यूजिक खबर
प्रकाशित: २७ बैशाख २०७६, शुक्रबार

काठमाण्डौं । पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ नयाँ प्रस्तुतिहरु आईरहेका छन् । यसै क्रममा शुभलक्ष्मी तामाङको लयमा ‘दिलमै फुल्नलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मायाप्रेममा आधारित गीतमा धना परियार र कर्साङ तामाङको स्वर रहेको छ भने सर्जक तिलक बोहराको शब्द, बिष्णु तामाङको सङ्गीत संयोजन रहेको छ ।

सुनौलो नेपाल म्युजिक प्रा.लि.ले बजार ब्यबस्थापन गरेको यस गीति एल्बमको म्युजिक भिडियोमा प्रेम भारती र लक्ष्मी शाहीको अभिनय, सुशील डाँगीको छयाङ्कन, रुकेश बरालको सम्पादन रहेको छ। सुनौलो नेपाल म्युजिक प्रा.लि.युटुब च्यानल मार्फत सार्बजनिक गरिएको यस म्युजिक भिडियोलाई जेनिथ शर्माले निर्देशन गरेका हुन्।

हेर्नुहोस भिडियो ‘दिलमै फुल्नलाई’ :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु