लिम्बू समुदायको धाननाचमा आधारित ‘आनी याक्थुङ्वा–२’

म्यूजिक खबर
प्रकाशित: २९ माघ २०७७, बिहीबार

काठमाडौं । तमोर फिल्मस् प्रा.लि.को प्रस्तुति ‘आनी याक्थुङ्बा–२’को सार्वजनिक भएको छ । लिम्बुवानमा लाग्ने मेलाबाट करिब एक दुई किलोमिटरको दुरीमा लाग्ने टुक्रे बजारमा नाचिएको धाननाचलाई भिडियोमा प्रस्तुत गरिएको छ । पाःलाम गायनमा चर्चित बनेका सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रेकर्ड भएको पाःलाममा दिवस पयाङ्गु, भीम सेनेहाङ, रोजिना थेगिम, दीपा सुहाङ लिम्बू, पुष्पाञ्जली तिल्लिङ मादेनले गाउनमा सहयोग गरेका छन् । पाःलाममा तेज मेन्याङ्बो लिम्बूको रचना, सुमन लिम्बूको लय, अशोक लोहरूङ राईको एरेन्ज रहेको छ ।


भिडियोमा रुद्र पाहिम, पुष्पाञ्जली तिल्लिङ मादेन, बिमला खजुम, कृष्णराज नेम्बाङ, दिवस पयाङ्गु, मनु थक्लुङ लिम्बू, भीम सेनेहाङ, नैनकला आङ्देम्बे, सीतादेवी फोम्बो, राधिका फोम्बो, पुष्पराज आङ्बुहाङ, रोजिना थेगिम, सुमन लिम्बू, निरन्ता नेम्बाङ, सीताराम लिम्बूलाई देख्न सकिन्छ । भिडियोका निर्देशक लोकेन साम्बा लिम्बु हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु