दर खाएर तीज मनाउँदै (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १५ भाद्र २०७६, आईतवार

काठमाडौं । नेपाली नारीहरुको महान चार्ड हरितालीका तीज अन्तरर्गत आज दरखाने दिन, हो । दर खाएर तीज मनाउने अवसरमा आज छोरी चेली बोलाएर दर खुवाउने चलन गरिन्छ । दरखाने अवसरमा माइतीघर वा आफन्तका घरमा खिर, हलुवा, चाम्रे लट्टे, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने प्रचलन रहेको छ । दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने र परापूर्वकालमा देवी पार्वतीले शिवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोली ब्रत बस्ने चलन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु