धर्मराजको ‘यत्ति कुरा था छ कि था छैन ?’ (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: १६ असार २०७६, सोमबार
Dharma Raj Pokharel

काठमाडौं । लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक धर्मराज पोखरेलको यतिखेर नयाँ गीत ‘यत्ति कुरा था छ कि था छैन’ सार्वजनिक भएको छ । धर्मराज पोखरेल र देवी घर्तीलाई प्रस्तुत गरिएको गीतमा सुरेश रमण अधिकारी र स्मृति शाहीले स्वरमा साथ दिएका छन् । यो गीत नेपाली लोकदोहोरीमा केही फरकपन तर पुरानै मौलिक शैलीमा प्रस्तुत गरिएको छ ।

गीतको शब्द तथा लय भने शिखर गजरकोटेको रहेको छ । उक्त गीतको भिडियोमा शंकर बिसीको साथमा यतिबेलाकी चर्चित मोडल अञ्जली अधिकारीलाई देख्न सकिन्छ । भिडियोलाई दुर्गा पौलेले छायाँकन गरेका छन् भने नवीन घर्ती मगरले सम्पादन गरेका छन् । धर्मराज पोखरेलको युटुव च्यानलबाट सार्वजानिक सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु