कसलाई सोधे धर्मेन्द्रले – ‘कता हिंडेकी’ ? हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: १० फाल्गुन २०७५, शुक्रबार

काठमाडौं । गायक धर्मेन्द्र सेवानको स्वरमा ‘कता हिंडेकी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतको शब्द तथा संगीत पनि धर्मेन्द्र कै रहेको छ ।

लामो समयदेखि संगीत क्षेत्रमा रहेर काम गरिरहेका धर्मेन्द्र यस गीतबाट निकै आशावादी छन् । उनी भन्छन्, ‘मैले अहिलेसम्म जति गीत गाए त्यो मेरो बुबाको युगको थियो । अहिले यस गीतलाई युवा पुस्तामा लक्षित गरेर तयार गरेको छु । सायद सबैले यसलाई रुचाउनुहुन्छ होला ।’ गायक धर्मेन्द्र ‘रेशम फिलिलि’ जस्तो सफल गीतका सर्जक बुद्धि परियारका छोरा हुन् ।

उमन वाइवाले तयार पारेको उक्त गीतको भिडियोमा नायिका नम्रता सापकोटाले नृत्य प्रस्तुत गरेकी छिन् । भिडियोमा धर्मेन्द्र र टिम चिटिक्क लाई पनि फिचर गरिएको छ । भिडियोलाई केही फरक र रमाइलो बनाइएको निर्देशक वाइवाले बताए ।

सोना हाङ राईले खिचेको भिडियोलाई रवी लामाले सम्पादन गरेका छन् । रिकेश गुरुङले एरेन्ज गरेको यस गीतलाई फिरोज बज्रचार्यले मिक्सिङ गरेका छन् ।

हेर्नुहोस् भिडियो :


यो पनि पढ्नुहोस्

धरानबाट कोका कोला नेपाली तारा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु