गायक धिरज राईलाई २५ हजार राशिसहित फत्तेमान पुरस्कार

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०७६, मंगलवार
Fatteman-Dhiraj Rai

बिगत १२ बर्ष देखी गीत संगीत मार्फत बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने शन्देश लिएर बिश्व अभियान चलाउदै आएका गायक धिरज राईलाई पुरस्कृत गरिने भएको छ । नेपाल सांगीतीक संघले हरेक बर्ष राष्ट्र, राष्ट्रियता अनि नेपाली गीत संगीतलाई योगदान पुर्याएका श्रष्टाहरुलाई सम्मान गर्दै आएको छ ।

बरिष्ठ गायक स्व. फत्तेमान राज भण्डारीको नाममा रहेको सो पुरस्कारमा रु २५ हजार नगद पनि रहेको छ । बुद्ध भारतमा जन्मिएको हो भन्ने पुस्तकलाई कलेजबाट हटाउनुपर्छ भन्दा कलेजबाट रेष्टीकेट भएका धिरजले आन्दोलन गरेका थिए । त्यसपछि भने सो पुस्तकलाई एम.ए. दोस्रो बर्षको पाठ्यक्रमबाट हटाईयो ।

सोही घट्ना पछि धिरजले बिश्वबाट त्यस्ता गलत पुस्तकहरु हटाउने अभियान चलाउदै आएका छन् । “यो पुरस्कारले मेरो काधमा जिम्मेवारी अझ बढेको छ ।” भर्खरै युरोपका १२ वटा देशमा बुद्ध अभियान चलाएर आएका गायक राई भन्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु