गायक ध्रुव केसीको निधन

म्यूजिक खबर
प्रकाशित: ८ माघ २०७७, बिहीबार

काठमाडौं । गायक ध्रुव केसीको निधन भएको छ । गायक केसीको उपचारका क्रममा बिहीवार दिउँसो साढे चार बजे अर्किड केयर सेन्टर भैँसेपाटीमा निधन भएको हो ।

गायक केसी पार्किन्सन रोगले ग्रसित हुनुहुन्थ्यो । उहाँ लामो समय मुम्बईमा रहनुभएको थियो । उहाँले मुम्बईमा केही विज्ञापनमा अभिनयसमेत गर्नुभएको साहित्यकार तथा सर्जक प्रकाश सायमीले जानकारी दिनुभयो ।

गायक केसीका मायालु हजार हुन्छन्, बगी जाने खोला, ‘सबले भन्छन्, नरोऊ नरोऊ सॅाइली मै जाने बेलामा’ ‘ तिम्रो माया कागजको रंगीचंगी फूलजस्तो , जस्ता मीठा मीठा कालजयी लगायतका गीत चर्चित छन् ।
म्यूजिक खबर परिवार गायक केसीप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु