धुर्मुस सुन्तली फाउण्डेसन तर्फबाट राहत सामाग्री लिएर बारामा पुगे

म्यूजिक खबर
प्रकाशित: १८ चैत्र २०७५, सोमबार

बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् । क्षतिको निम्ति हर तर्फबाट हरेक खालका सहयोग जुट्ने क्रम जारी नै छ । यस्तैमा समाजसेवामा अग्रसर हाँस्य कलाकार जोडी सिताराम कट्टेल ( धुर्मुस ) र कुञ्जना घिमिरे ( सुन्तली ) हाल बारा पुगेका छन् । धुर्मुस–सुन्तली बारा पुगेका उनिहरुले त्रिपाल, कम्बल, खाद्यान्नलगायतका सामाग्री लागेका छन् । उनीहरुले हावाहुरीको घटनाले आफुहरु मर्माहत भएको र सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु