• चलचित्र सेन्टी भाइरसको पहिलो गीतमा डिपी खनालको शब्द र अन्जली अधिकारीको नृत्य

    म्यूजिक खबर
    प्रकाशित: ४ पुष २०७६, शुक्रबार

    काठमाडौं । पछिल्लो समय कलाकारिता भन्दा समाजसेवामा सक्रिय हाँस्यजोडी, करोडौं नेपालीका ढुकढुकी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण रहेको पहिलो फिल्म ‘सेन्टी भाइरस’को पहिलो गीत ‘फनफनी’ सार्वजनिक गरिएको छ ।

    बिहिबार राजधानीको विग मुभिजमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको गीतमा मेलिना राई र कालीप्रसाद बाँस्कोटाको स्वर, शंकर थापा स्माइलको संगीत रहेको छ । शब्द भने डिपी खनालले लेखेका हुन् ।

    सिताराम र कुञ्जनासँगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेललगायत कलाकारको अलवा मोडल अञ्जली अधिकारीको समेत नृत्य देख्न सकिन्छ । गीतमा शंकर विसीको कोरियोग्राफी रहेको छ ।

    सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्मित यस फिल्ममा शंकरसँगै राजनराज शिवाकोटी र कालिप्रसाद बाँस्कोटाको समेत संगीत समेटिएको छ । २ करोडको लागतमा बनेको फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु