• धुर्मुस सुन्तली साँझ दुबईबाट रंगशालालाई २२ लाख सहयोग

    म्यूजिक खवर
    प्रकाशित: १६ बैशाख २०७६, सोमबार

    दुबई । धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दुबईबाट २० सहयोग संकलन भएको छ । गत २६ अप्रिलमा दुबईमा आयोजित धुर्मुस सुन्तली साँझ २०७६ बाट उक्त रकम संकलन भएको हो ।चितवन समाज दुबईको संयोजन तथा बिभिन्न संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको धुर्मुस सुन्तली साँझ कार्यक्रमबाट २० लाख र आबुधावीमा रहेका गायक प्रकाश पौडेलले राखेको भेटघाट डिनर कार्यक्रमबाट २ लाख सहयोग संकलन भएको छ ।

    धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले दुबईबाट राम्रो सहयोग संकलन भएको जानकारी दिएका छन् ।

    ‘कार्यक्रमबाट २० लाख र गायक प्रकाश पौडेल दाईले राख्नु भएको छोटो भेटघाट कार्यक्रममा २ लाख गरी रंगशाला निर्माणका लागि कुल २२ लाख रुपैँया सहयोग प्राप्त भएकोमा निकै हर्षित छौं’ धुर्मुसले भने ।

    कार्यक्रममा धुर्मुस सुन्तलीले हाँस्यप्रस्तुती दिएका थिए भने चर्चित गायिका मेलिना राई, गायक पुष्पन प्रधान लगायतका कलाकारहरुले समेत प्रस्तुती दिएका थिए । कार्यक्रम सकेर धुर्मुस सुन्तली हिजो अर्थात आईतबारनै स्वदेश फर्किएका छन् ।

     

    ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ का लागि प्रदेश नं. २ मा उठ्यो २२ लाख, आजैदेखी खुत्रुके महाअभियान सुरु

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु