विन्ध्यावासिनी म्युजिक अवार्डमा वर्षको सर्वाधिक लोकप्रिय गीत दिलिपको “आफनै छायाँले ”

म्यूजिक खबर
प्रकाशित: ७ मंसिर २०७५, शुक्रबार

काठमाडौं । समाजसेवी तथा गीतकार दिलिप योञ्जनद्धारा लिखित ‘आफनै छायाँले ’ नवौँ विन्ध्यवासिनी म्युजिक अवार्डबाट वर्षको सर्वाधिक लोकप्रिय गीत हुन सफल भएको छ । प्रज्ञा भवन कमलादी, काठमाडौंमा सम्पन्न कार्यक्रममा सो गीत सर्वाधिक रोजाइमा पर्न सफल भएको विन्दवासिनी म्युजिक फाउण्डेसनकी अध्यक्ष लिना रेग्मीले बताउनु भयो ।

निणायकको मुल्याङकन र दर्शक तथा स्रोताको मतको आधारमा गीतले अवार्ड हात पारेको विन्ध्वासिनी म्युजिक अवार्डको आयोजकले बताएको छ । सम्मान कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुुतीका साथमा अग्रज कलाकार तथा संगीतप्रेमीहरुको सहभागीता रहेको थियो । अमेरिकामा रहेर पनि नेपाली गीत संगीत र, कविता , मुक्त्तक र विभिन्न साहित्यिक पुस्तक लेखनमा सक्रिय रहेका उनको हाल सम्म विभिन्न ४ बटा एकल एल्वम रहेका छन ।

दिलिप योञ्जनको शब्द , राजेश थापाको संगीत र रामकृष्ण ढकालको स्वरमा रहेको गीतलाई अत्याधिक मत प्राप्त भएको थियो । गहकिला शब्द र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।

 

विन्ध्यवासिनी म्यूजिक अवार्डमा शक्ति बल्लभलाई लाइफटाइम, घिमिरेलाई संगीत पत्रकारिता पुस्कार, अजर र प्राश्ना भए उत्कृष्ट गायक गायिका

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु