दिलको परीमा रमेश र अंशुको रोमान्स

म्यूजिक खबर
प्रकाशित: १६ पुष २०७६, बुधबार

काठमाडौं । ‘दिलकी परी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोमा रमेश चन्द सोडारि र अंशु ओलि फिचर्ड छन् म्युजिक भिडीयोमा बुद्ध थापाको छायांकन, डिनसन शाहको सम्पादन, बिमला तामाङको शृङ्गार र केशव राज भट्टको सहायक निर्देशनमा रहेको म्युजिक भिडीयोलाई प्रकाश धितालले निर्देशन गरेका छन ।

सार्वजनिक गीतमा सुरज उदार तिम्सिनाको शब्द, दिपक बिसिको र राजेश कैदीको सुमधुर सङ्गीत रहेको छ । सङ्गीत संयोजनको काम भने सुमन केसीले गरेका छन् । म्युजिक भिडियोमा एउटा परदेशीको प्रेमकथामा देखाईएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु