सञ्चार सचिव तथा चलचित्र विकास बोर्डका अध्यक्षबीच कार्यसम्पादन सम्झौता

म्यूजिक खबर
प्रकाशित: ३० भाद्र २०८१, आईतवार २२:४८
Dinesh DC

काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा आइतबार सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच कार्यसम्पादन सम्झौता भएको छ । माननीय मन्त्री पृथ्वी सुब्बा गुरुङको समुपस्थितिमा सचिव अर्याल र अध्यक्ष डिसीबीच यो सम्झौता भएको हो । चलचित्र विकास बोर्डले यो आर्थिक बर्षमा सम्पादन गर्ने कार्यहरुको सम्झौता गरेको हो । सम्झौतामा नेपाल सरकारको निति तथा कार्यक्रममा समावेश कार्यक्रम, चलचित्र विकास बोर्डले गर्ने बार्षीक कार्यक्रमहरु आदि समावेश रहेका छन् ।
Dinesh DC

उक्त सम्झौताको समयमा मन्त्री गुरुङ तथा सचिव अर्यालबाट मागनिर्देशन समेत गरिएको थियो । सम्झौतामा बनेपामा चलचित्र स्टुडियो निर्माणदेखि मोफसलका सिनेमाको स्तरोन्नतिका समेत योजनाहरु समेटिएका छन् । सम्झौतामा हस्ताक्षर गर्दै अध्यक्ष डिसीले आगामी ६ महिनामा कार्यअवस्थाको प्रारम्भिक प्रतिवेदन बुझाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सञ्चार मन्त्रालयले विकास बोर्ड लगायतका आफू मातहतका अन्य निकायहरूमा समेत सम्झौता गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु