• वरिष्ठ गायक दिप श्रेष्ठ सम्मानित, पीडितका लागि आर्थिक सहयोग

    म्यूजिक खबर
    प्रकाशित: ३१ असार २०७७, बुधबार

    ईटहरी । धरानमा वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठ सम्मानित भएका छन् । होप धरानले आयोजना गरेको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा उनी सम्मानित भएका हुन् । सम्मानित कार्यक्रममा मलद्वार बन्द हुने रोगबाट ग्रसित धरान ६ का ७ वर्षिय बालक प्रशान्त मुदेलको उपचारको लागी गायक श्रेष्ठको हातबाट आर्थिक सहयोग हस्तान्तरण पनि गरिएको थियो । युके स्विडेन हेल्पिङ ह्यान्डसका सोभिन सुब्बाले संकलन गरेको २१ हजार नगद साथमा धरान १५ श्यामचोक व्यवस्थापन समुहबाट ६ हजार ५ सय र केन्ट फेलयर बारटेन्डिङबाट ५ हजार गरी कुल ३२ हजार ५ सय नगद मुदेलका बुवा प्रकाश मुदेललाई प्रदान गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु