• ‘स्मार्ट एक्सेस’को ब्राण्ड एम्बेसडर बने गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा

    म्यूजिक खबर
    प्रकाशित: ८ भाद्र २०८०, शुक्रबार

    काठमाडौं । नेपाली युवा पुस्तामाझ लोकप्रिय गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा बज्राचार्यलाइ इन्टरनेशनल एजुकेसन, माइग्रेसन एण्ड भिसा सर्भिसेस कम्पनी ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसारको लागि उल्लेखनीय योगदान गरेका गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा यतिबेला ‘प्रोजेक्ट नजिक’अन्तर्गत अस्ट्रेलियाको साँगितिक टुरमा छन । ‘स्मार्ट एक्सेस’ले बुधबार अस्ट्रेलियाको मेलबर्न स्थित आफ्नो अफिसमा एक कार्यक्रम बीच दीपक बज्राचार्य र उनकी छोरी चेरिसालाइ आफ्नो कम्पनीको ब्राण्ड एम्बेसडरमा नियुक्ती गरेको हो ।
    आजभन्दा करिब ९ वर्षअघि अस्ट्रेलियामा स्थापना भएको ‘स्मार्ट एक्सेस’ को अस्ट्रेलियामा बाहेक नेपाल,पाकिस्तान ,फिलिपिन्समा समेत कार्यालयहरू छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु