देशप्रेमले ओतप्रोत गीत ‘त्यहि हो मेरो देश’

म्यूजिक खबर
प्रकाशित: ३० आश्विन २०७७, शुक्रबार

काठमाडौं । सांगीतिक बजारमा नयाँ देशप्रेमको भावनाले ओतप्रोत गीत सार्वजनिक भएको छ । ‘त्यहि हो मेरो देश’ बोलको सार्वजनिक उक्त गीतलाई दिपक बस्नेतले लेखको हुन् ।
विश्व नेपाली, बलराम समाल र लोकेन्द्र कार्कीको स्वर रहेको गीतमा बराम समालले संगीत भरेका छन् । गीतमा एरेन्ज पनि बलरामको नै रहेको छ ।

गीतमा गीतकार बस्नेतले देशभक्तिको कुरा गरेका छन् । देशप्रतिको समर्पण भाव जगाउने गीतमार्फत प्रयत्न गरेका छन् । गीतमा उनले देशको मनमोहक प्रकृती, संरचना र स्वच्छ नेपालीपनको यथार्थ ढंगले प्रशंसा गरेका छन् । गीत दिपक बस्नेत युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु