गीतकार दिपक कंडेलको ‘बाटो हेरी नरौ आमाले’ चर्चामा (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १५ आश्विन २०७७, बिहीबार

काठमाडौं -महान चाड दसैं आउन अब धेरै समय बाँकी छैन । यही चाडलाई लक्षित गरी दसैं सम्बन्धी बिभिन्न गीतहरु सार्वजनिक भैरहेका छन । यसै क्रममा गीतकार दिपक कंडेलको शब्द रचनामा गायक बद्री पंगेनीको स्वर रहेको गीत ‘बाटो हेरी नरौ आमाले’को भिडियो सार्वजनिक भए संगै चर्चामा छ । गणेश अधिकारीको संगित रहेको गीत केही दिन अगाडि युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

बिदेशिएका युवावर्गको पिडालाई गहकिलो ढंगले प्रस्तुत गरिएको गीतको भिडियोमा बद्री पंगेनी, सुलोचना भडेल र मनिषा लकान्द्रीको अभिनय रहेको छ ।आमा र सन्तान बीचको गहिरो र आत्मिय सम्बन्ध साथै आफ्नो गाउँ, घरको सम्झनाले न्यास्रो लाग्ने तथ्यलाई भावुक रुपमा प्रस्तुत गरिएको भिडियोमा क्रान्ति के.सी.को निर्देशन तथा सम्पादन रहेको छ ।

गीतको भिडियो हेर्दा चाडपर्व नजिकिदै गर्दा घरबाट टाढा रहेका र घर फर्कन असमर्थ नेपालीहरुको आँखा रसाउँने छन् । भिडियोमा अजय रेग्मीको छायांकन रहेको छ । कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका कामदारको मर्मलाई प्रस्तुत गरिएको गीतमा गीतकार दिपक कंडेलको मार्मिक शब्दले सबैको मन जित्नेमा आफु आसावादी रहेको कंडेलको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु