सञ्चारकर्मसँगै ‘अलिअलि’ बाट गायनमा दिपक समिर

म्यूजिक खबर
प्रकाशित: ८ फाल्गुन २०७७, शनिबार
Dipak Samir

काठमाडौं । सञ्चारकर्ममा छुट्टै पहिचान बनाएका दिपक समीर यतिबेला भने गायनको यात्रामा लागेका छन् । आवाजको दुनियाँमा रेडियोकर्म होस् या टेलिभिजन उनको छुट्टै पहिचान छ । उनको आवाजको फ्यानहरु धेरै छन् । उनको प्रस्तुतिमा लोभिनेहरु धेरै छन् । तर संचारकर्मको यात्रासँगै अब भने गायन यात्रालाई पनि स्थान दिएका छन् ।
संचारकर्मबाट गायनको यात्रामा लागेका दिपक समिरको स्वरमा नयाँ गीत ‘अलि अलि’ सार्वजनिक भएको छ । डीपी खनालका शब्दहरूको‌ उक्त गीतलाई शंकर थापा ‘स्माइल’ले संगीतवद्ध गरेका छन् । आरबी रेकर्डिङमा रेकर्ड भएको उक्त गीतको भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

उक्त गीतको भिडियोमा श्रीदेव भट्टराई तथा स्मृती श्रेष्ठले अभिनय गरेका छन् । समिर थोकरको कोरियोग्राफी रहेको यो भिडियोमा हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

गायक दिपक समिरले गीतबाट सकारात्मक प्रतिक्रिया पाएको बताएका छन् । अब गायनलाई नै निरन्तरता दिने सोचमा छु गायक दिपक समिरले भने– सबैले दिएको प्रतिक्रियाले गीतबाट आत्मसन्तुष्टि मिलेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु