• दीपक भए उज्ज्वल नक्षत्र

    म्यूजिक खबर
    प्रकाशित: २ भाद्र २०७१, सोमबार

    काठमाडौं, २ भाद्र । संगीतकार दीपक शर्मा यस वर्षको श्रुति उज्ज्वल नक्षत्र भएका छन् । श्रुति संगीत विद्यालयले आफ्नो ११ वर्ष प्रवेशको अवसर पारेर संगीतकार दीपक शर्मालाई उज्ज्वल नक्षत्रका रुपमा सम्मान गरेको हो । यस वर्षबाट सुरु गरिएको श्रुति उज्ज्वल नक्षत्रबाट दीपक शर्मालाई सम्मान गरिएको संगीतकार एवं श्रुति संगीत विद्यालयका अध्यक्ष नरहरि प्रेमीले बताएका छन् । विद्यालयमा अध्ययन गर्ने कुनै पनि विधाका उत्कृष्ट विद्यार्थीलाई यो सम्मानबाट पुरस्कार गरिने प्रेमीले म्यूजिक खबरलाई बताए । संगीतकार दीपक शर्मा श्रुति संगीत विद्यालयको उत्कृष्ट विद्यार्थी भएकोले उनको भविश्यलाई अझ उज्ज्वल बनाउनका लागि श्रुति उज्ज्वल नक्षत्र सम्मानबाट प्रोत्साहन मिल्ने प्रेमीले बताए । दीपक शर्मा पनि आफूले श्रुति संगीत विद्यालयमा अध्ययन गरेर एउटा संगीतकार बन्न सफल भएकोमा गर्वानुभूति भएको बताउँदै श्रुतिले उज्ज्वल नक्षत्रका रुपमा सम्मान गरेकोमा आभार प्रकट गरे । शर्माले श्रुतिकै कारण आज एउटा संगीतकारको रुपमा अरुले चिन्ने मौका पाएको स्मरण गर्दै श्रुतिले नै आफूलाई मार्गदर्शन गरेकोमा विद्यालयका अध्यक्ष एवं संगीतकार नरहरि प्रेमी धन्यवादको पात्र भएको बताए । दीपक शर्मा यतिबेला चलचित्र, आधुनिक एवं लोक संगीतको क्षेत्रमा नै उचाइ कायम गर्दै गरेका संगीतकारका रुपमा परिचित छन् । एकपछि अर्को गरेर उनका संगीतहरुले चर्चा पाउने क्रम जारी रहेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु