इन्दिराको ‘चोखो माया’ मा केकी र दिपेन्द्र

म्यूजिक खबर
प्रकाशित: २० कार्तिक २०७७, बिहीबार

काठमाडों । गायक तथा मोडल दिपेन्द्र सोनामले पछिल्लो समय म्यूजिक भिडियोमा छाएकी अभिनेत्री केकी अधिकारीसँग ‘चोखो माया’ लगाएका छन् । प्रसंग भर्खरै सार्वजनिक भएको ‘चोखो माया’ बोलको गीतको हो । गीतकार इन्दिरा बोगटीको शब्द रहेको गीतमा गायिका अन्जु पन्त र दिपेन्द्र सोनामको स्वर रहेको छ । गायक तथा संगीतकार चिरन्जिवी भण्डारीले मिठो संगीत भरेका छन् भने सन्जिब बराइलीले एरेन्ज गरेका हुन् ।

इनाक्षी इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको म्यूजिक भिडियोमा अभिनेत्री एवं मोडल केकी अधिकारी र दिपेन्द्र सोनामले अभिनय गरेका छन् । सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने भरत रेग्मीले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु