• म्यूजिक भिडियो निर्देशक प्रकाश भट्ट सम्मानित

    म्यूजिक खबर
    प्रकाशित: १८ माघ २०७१, आईतवार

    वालिङ, स्याङ्जा । गीतसंगीतको क्षेत्रमा उल्लेख्य म्यूजिक भिडियो निर्देशन गरेर ख्याति कमाएका निर्देशक प्रकाश भट्टलाई सम्मान गरिएको छ । गीतसंगीतको क्षेत्रमा नृत्यदेखि आफ्नो करिअर सुरु गरेका निर्देशक भट्टले पछिल्लो समयमा सयौं म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । उनी म्यूजिक भिडियो निर्देशकका अलावा राम्रो नृत्यकार पनि हुन् । उनले गीतसंगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो । औद्योगिक, कृषि, पर्यटन, प्रविधि एवं व्यापार मेलाका रुपमा आयोजना गरिएको वालिङ महोत्सवको अवसर पारेर उनलाई सम्मान गरिएको हो ।
    पछिल्लो समय भिडियो निर्देशनसँगसँगै देश तथा विदेशमा हुने महोत्सवहरुमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै हिंडेका भट्ट वालिङ महोत्सवमा पनि पार्वती राईसँग आफ्नो नृत्य प्रस्तुत गर्न पुगेका थिए ।

     

    10469946_1031767433517124_5093568_n 10962243_1031767903517077_1452239171_n

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु