नाचघरमा दोहोरीको घम्साघम्सी, ६ समूहको प्रतिस्पर्धामा कसले कति अंक ल्याए

म्यूजिक खबर
प्रकाशित: २२ असार २०७६, आईतवार

काठमाडौं । मौलिक लोक संस्कृतीको जगेर्ना गर्ने उदेश्यले राष्ट्रिय नाचघर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समिीतद्वारा संयुक्त रुपमा आयोजना गरिएको ‘राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता’ आजबाट सुरु भएको छ । यस प्रतियोगिता यही असार २५ गते सम्म चल्नेछ । यस प्रतियोगितामा २८ समूहरु सहभागी भएका छन् । दोहोरीको घम्साघम्सीले जति रौनकता थपेको छ त्यो भन्दा बढी रौनकता आगामी २५ गते हुने फाइनले खेलले थप्नेछ ।

सांस्कृतीक संस्थानका महाप्रबन्धक राजेश थापाको सभापतित्वमा भएको राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीतामा बरिष्ठ गायक, संगीतकार एबं चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी नारायण रायमाझीले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा गायक तथा संकलक कृष्ण सुधा ढुंगाना, गायक बद्री पराजुली, समाजसेवी पृथ्बी थकाली, गायक बद्री पराजुली, गायिका पम्फा थापा मगर लगायत धेरै कलाकारहरु रहेका थिए । उद्घाटन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय अध्यक्ष बद्री पंगेनीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमका संयोजक रमेश बिजीले कार्यक्रम संचालन गरेका थिए ।

आज भएको कार्यक्रममा शीरफूल दोहोरी साँझ र चौबन्दी दोहोरी साँझ सुन्धाराबीच पहिलो खेल भएको थियो । शीरफूल दोहोरीका पुरुषले ३९२, महिलाले २७४.५ गरी ७६७.५ अंक प्राप्त गरेका थिए । चौबन्दी दोहोरीका पुरुषले ३९१ र महिलाले ३७३ गरी जम्मा ७६४ अंक प्राप्त गरेका थिए । त्यस्तै जूनकिरी दोहोरी साँझ र विश्वकर्मा कलाकारबीच भएको दोस्रो खेलमा जूनकिरीका महिलाले ३७२ र पुरुषले ३७५ गरी जम्मा ७४७ अंक प्राप्त गरेका छन् भने विश्वकर्मा कलाकार समाजका महिलाले ३७२ र पुरुषले ३७५ अंक ल्याएर खेल बराबर भएको छ ।

त्यसैगरी तेस्रो खेलमा धौलागिरी दोहोरी साँझ र डालीमा दोहोरी साँझबीच भएको थियो । धौलागिरीका पुरुषको ३९२ र महिलाले ३९४.५ गरी ७८६.५ अंक प्राप्त गरेका थिए भने डालीमा दोहोरीको तर्फबाट पुरुषले ३९४.५ र महिलाले ३९३.५ गरी जम्मा ७८८ अंक प्राप्त गरेका छन् ।

चौथो खेल दोहोरी गीत प्रतिष्ठान नवलपुर र जूनकिरी दोहोरी क्लब बीच भएकोमा जूनकिरी उपस्थित नभएकोले दोहोरी गीत प्रतिष्ठान नवलपुर अगाडि बढेको थियो ।
पाँचौं खेल मिर्मिरे दोहोरी साँझ र नगरकोट दोहोरी साँझबीच भएको थियो । मिर्मिरेका महिलाले ३९४ र पुरुषले ३९४ गरी ७८८ अंक प्राप्त गरेका छन् भने नगरकोटका पुरुषले ३९४.५ र महिलाले ३९४.५ गरी ७८९ अंक प्राप्त गरेका छन् ।

छैटौं खेल गाउँबेसी दोहोरी बसपार्क र विजेन्द्र चौलागाईं मकवानपुरको समूहबीच भएको थियो । गाउँबेसीका महिलाले ३९३.५ र पुरुषले ३९३ अंक प्राप्त जम्मा ७८६.५ अंक प्राप्त गरेका थिए भने विजेन्द्र चौलागाईं समूहमा पुरुषले ३९३ र महिलाले ३९१ गरी जम्मा ७८४ अंक प्राप्त गरेका थिए ।
भोलि हुने दोहोरी प्रतियोगिता विहान ठीक १० बजेबाट सुरु हुने संयोजक रमेश बिजीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु