• रात्रीकालीन दोहोरी कलाकारको स्वास्थ्यलाई मध्यनजर गर्दै सचेतना कार्यक्रमको आयोजना

    म्यूजिक खबर
    प्रकाशित: १६ जेष्ठ २०८२, बिहीबार २१:५७

    काठमाडौं। राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ। शनिबार काठमाडौंमा राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान जापान शाखाको सहकार्यमा उपत्यका समन्वय समितिले रात्रीकालीन दोहोरी कलाकारको स्वास्थ्यलाई मध्यनजर गर्दै सचेतना कार्यक्रम आयोजना गरेको हो। जेठ १० गते स्काई पार्टी प्यालेस सामाखुसीको हलमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले कलाकार तथा प्रतिष्ठानसँगको आवश्यक सहकार्यमा स्वास्थ्य बिमा गर्नबाट बञ्चीत कलाकारहरुलाई आवद्ध गराउन पहलकदमी लिने र सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।

    कार्यक्रमको अवसरमा लोक तथा दोहारी गायक एवं योग प्रशिक्षक ऋषी न्यौपानेले कलाकारहरुलाई योग प्रशिक्षण समेत दिइएको प्रतिष्ठानका केन्द्रिय सहसचिव तथा सञ्चार संयोजक राजकुमार रायमाझीले जानकारी दिए ।

    कार्यक्रमको उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापाको अध्यक्षता रहेको थियो भने बरिष्ठ कलाकार दुर्गा रायमाझी, चन्द्र शर्मा, पशुपति शर्मा, लगायतको सहभागीता रहेको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु