
काठमाडौं । लोकप्रिय कलाकार तथा निर्देशक शंकर बिसीको ‘परदेश हिँडियो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। नेपाली समाजको यथार्थ र परदेशीको पीडा बोकेको गीतलाई मनछुने शैलीमा प्रस्तुत गरिएको छ ।
सार्वजनिक गीतमा बिसीको शब्द राम कुमार नेपालीको संगीत रहेको छ ।
गीतमा राजेश पायल राई,शिव परियार, राम कुमार नेपाली, रचना रिमाल र साइरज खातीले स्वर दिएका छन् ।
यस्तै गीतको भिडियो पनि बिसीले नै निर्देशन गरेका हुन् ।
भिडियोमा शुरवीर पण्डित, रमा थपलिया, शंकर बिसी, बिमल अधिकारी, सारिका केसी, ओबी रायामाझी, दिपेन्द्र सोनाम, उषा सुबेदि, लोशिना लामिछाने, रबिना बसेल, धर्म राज पोखरेल र प्रयुसा पराजुली फिचरमा छन्।
निर्देशक बिसीले देस र घरको जिम्मेवारी काँधमा परेपछि भबिस्य बनाउँछु भनेर परदेस हिडेका एउटै गाउका पाँच जना साथी भाइहरुको कथालाई भिडियोमा उतारेका छन् ।
भिडियोमा छायांकनमा दुर्गा पौडेल र सम्पादनमा नबिन घर्ति मगरको रहेका छन् ।
गीत शंकर बिसिको अफिसियल युटुबमा हेर्न सकिन्छ ।