२८ समूहलाई पछि पार्दै बबिता बानियाँ जेरीको समूहले चुम्यो दोहोरी प्रतियोगिताको उपाधि

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७६, बुधबार

काठमाडौं । असार २२ गतेदेखि २५ गतेसम्म राजधानीको राष्ट्रिय नाचघरमा चलेको राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा जूनकिरी रोधीक्लब दरबारमार्गको प्रतिनिधित्व गरेको बबिता बानियाँ जेरीको समूहले पहिलो स्थानको उपाधि चुम्न सफल भएको छ । नगरकोट दोहोरी साँझ ‘ख’को तर्फबाट प्रतिनिधित्व गरेको डिला विक र रविन लामिछानेको समूह दोस्रो बन्न सफल भयो ।

२८ वटा समूहले सहभागी जनाएको राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा सम्पूर्ण समूहरुहरुलाई पछाडि पार्दै नगरकोट दोहोरी ख’ र जूनकिरी रोधीक्लब दरबारमार्ग बीच भीडन्त भएको थियो । दुई समूहको भीडन्तमा गायिका जेरीको समूहले प्रतिनिधित्व गरेको जुनकिरीले एकलाखको पुरस्कार राशिसहित उपाधि हात पारेको हो । पहिलो पुरस्कार राशि समाजसेवी पृथ्वी थकालीले प्रायोजन गरिदिएका थिए भने दोेस्रो पुरस्कार र जूनकिरी रोधी क्लबको तर्फबाट सरु थापाले प्रायोजन गरिदिएकी थिइन् ।


त्यसैगरी गण्डकी प्रदेशको समूह तेस्रो बन्न सफल भएको थियो भने सान्त्वना पुरस्कार नगरकोट दोहोरी ‘क’ले चुम्न सफल भएको थियो । उत्कृष्ट गायक र गायिकामा अर्जुन क्षेत्री र सपना रोकाले चुम्न सफल भए । क्षेत्री कलाकार समाजको प्रतनिधित्व गर्दै आएका अर्जुन क्षत्री र कान्तिपुर दोहोरीले चुम्न सफल भएको थियो ।

सांस्कृतिक संस्थान जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय कार्यसमितिले संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतियोगितालाई कार्यक्रमका संयोजक एवं संस्थाका वरिष्ठ उपाध्यक्ष रमेश बिजील संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु