डोेटेली भाकाको गीत ‘मुई डोली भाग २’ मा बिरेन्द्र र पुष्पाको स्वर

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०७६, मंगलवार

काठमाडौं । गायक वीरेन्द्र जोहारी र गायिका पुष्पा बोहराको स्वरमा डोटेली भाकाको ‘मुई डोली भाग २’ गीतको भिडियो सार्वजनिक भएको छ ।

शिव विकले निर्देशन रहेको भिडियोमा गायक जोहारी र सम्पदा बानियाँलाई देख्न सकिन्छ । गीतमा मायाप्रेममा परेका जोडीको विछोडको पीडा पोखिएको छ

कमल बमको शब्द र सङ्गीत तथा कृष्ण पुनको म्युजिक एरेञ्ज रहेको यस गीतमा वीरेन्द्रलाई सुदूरपश्चिमकी लोकप्रिय गायिका पुष्पा बोहराले साथ दिएकी छिन् । ‘मुई डोली’ को पहिलो भागमा पनि पुष्पा र वीरेन्द्रकै स्वर रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु