• हाउडे मायाको कस्तो होला डबल माया ? भिडियो हेर्नुहोस्

    म्यूजिक खबर
    प्रकाशित: १४ बैशाख २०७६, शनिबार

    काठमाडौं । गायिका सृजना खत्री ‘हाउडे माया’ गीत बजारमा लोकप्रिय भएपछि नामको पछाडि ‘हाउडे माया’ राखेर परिचय दिन थालेकी हुन् । हाउडे मायापछि ‘नौंटंकी माया’ बजारमा ल्याएर आफ्नो परिचयलाई उचाइमा पु¥याएकी गायिका सिर्जना खत्री ‘हाउडे माया’ र गायक राजेन्द्र भट्ट ‘मिस्टर आरजे’को ‘डबल माया’ बोलको गीत सार्वजनिक भएको छ । गायिका सृजना खत्री र गायक राजेन्द्र भट्ट (मिस्टर आरजे) को नै शब्द रहेको यस गीतमा मिस्टर आरजेको संगीत रहेको छ भने श्यामस्वेत रसाइलीको एरेन्ज रहेको छ ।

    नायक अनुपविक्रम शाही र नायिका आँचल शर्माको अभिनय रहेको उक्त गीतको भिडियो अर्जुन तिवारीले छायाँकन गरेका हुन् । शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु