डीपी खनालको शब्दमा ‘ओ नारान’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २३ मंसिर २०७६, सोमबार

काठमाडौं । लोक–आधुनिक शैलीको नृत्यपरक गीत ‘ओ नारान…’ को म्युजिक भिडियो शुक्रवार काठमाडौंमा आयोजित एक समारोहका बीच प्रिमियर गरिएको छ । दरबारमार्गस्थित किङ्स लाउञ्जमा आयोजित एक विशेष समारोहमा उक्त गीतको म्युजिक भिडियो प्रिमियर गरिएको हो ।

डास म्युजिकको प्रस्तुतीमा तयार पारिएको उक्त गीतमा गायक विजय थापाको स्वर सुन्न सकिन्छ । स्थापित गीतकार डिपि खनालका शब्दहरुको उक्त गीतलाई राजेन्द्र बजगाईंले संगीतबद्ध गरेका हुन् । संगीतकार बजगाईंले नै उक्त गीतलाई संगीत संयोजन गरेका हुन् ।

नगरकोटका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई शिव बिकले निर्देश्ँन गरेका हुन् । गीतमा बिककै कोरियोग्रँफी समेत छ ।

रामेश्वर कार्कीद्वारा छायांकन गरिएको उक्त गीतमा रञ्जन अर्याल तथा अष्मिता जुरेलीले अभिनय गरेका छन् । विकास ज्ञवालीले उक्त भिडियोलाई सम्पादन गरेका हुन् । यो भिडियो डास म्युजिककै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु