• सार्वजनिक भएसँगै ‘हाइ मुरली’को चर्चा

    म्यूजिक खबर
    प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार

    काठमाडौं । राग स्टुडियोको निर्माणमा तयार भएको गीत ‘हाइ मुरली’ सार्वजनिक भएसँगै बजारमा चर्चामा रहेको छ । आजबाट आशिष अबिरलको यूट्यूब च्यानलबाट सार्वजनिक भएको यो सोरठी गीत पञ्चेबाजामा तयार पारिएको छ । नेपालको पश्चिमाञ्चल क्षेत्रमा विशेष गाइने यो सोरठी गीतलाई मौलिकतामा रहेर अलिकति फ्यूजन शैली अपनाइएको छ ।
    ‘हाइ मुरली’ तिहार विशेष गीतका रुपमा आएको हो । दाजु बहिनीको कथालाई समावेश गरिएको यस गीतमा सामाजिक परम्परालाई आधरित मान्दै सरल रुपमा प्रस्तुत गरिएको छ ।

    गीतमा आशिष अबिरल, बसन्त थापा, ईश्वर सिंह, इमान सिंह, प्रसाद खप्तरी मगर, रेशम निर्दोष जस्ता गायकहरु रहेका छन् । त्यस्तै गायिकाहरुमा देवी घर्ती, जुना श्रीष, समिक्षा अधिकारी, तारा श्रीष, सुशिला पाठक, अमृता नेपाली रहेका छन् ।
    यस गीतको शब्द बलबहादुर, राजकुमार र आशिष अबिरलको रहेको छ भने संगीत संयोजन आशिष अबिरलको रहेको छ । गीतको मिक्सिङ मनोज परियारको रहेको छ ।
    त्यस्तै यो गीतको म्यूजिक भिडियोलाई याम गुरुङले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन तथा कलर गरेका छन् ।
    भिडियोमा याम गुरुङ र रिना थापाले मुख्य भूमिका निर्वाह गरेका छन् । साथमा समिक्षा अधिकारी, दुर्गेश थापा र तेजश रेग्मीको अभिनयलाई समावेश गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु