• दुर्गा बिरही र माया मगरको युगल गायनमा ‘बैशाख पछि जेठमा’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २५ बैशाख २०८२, बिहीबार

    काठमाडौं । लोकदोहोरी गायक दुर्गा बिरहीले ‘बैशाख पछि जेठमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा गायक दुर्गा बिरही र माया मगरको संयुक्त स्वर रहेको छ। बिरही र रोशन ओलीको शब्द, दुर्गा बिरहीको लय संकलन रहेको गीतको भिडियो निर्देशन समेत स्वंयम् बिरहीले गरेका छन् ।

    बिशाल परियारको सिनेमाटोग्राफी रहेको भिडियोमा दिपक केसी र नमिता राइको अभिनय छ । आत्मविश्वास फिल्मस् प्रालिले निर्माण गरेको गीतको भिडियो दुर्गा बिरही अफिसियल युट्युव च्यानलमा सार्वजनिक छ । गीत संगीतमा निरन्तर सक्रिय र समर्पित गायक तथा निर्देशक बिरहीले मायाप्रेमलाई यसपटक मौसमसँग जोडेर तयार गरेको बताए । ‘यो गीतमा प्रेमलाई मौसमसँग जोडेर हाम्रै समाजको विषय उठान गरेको छु,’ बिरहीले भने ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु