दुर्गाको शब्द, स्वर, संगीत र निर्देशनमा ‘ओई माया’

म्यूजिक खबर
प्रकाशित: ५ कार्तिक २०७७, बुधबार

काठमाडौं । गायक दुर्गा बिरही र गायिका मेनुका परिवारको स्वरमा ‘ओई माया’ बोलको गीत सार्वजनिक भएको छ । आत्म विश्वास फिल्मस् युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा दुर्गा बिरहीको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज पदम बिसीले गरेका हुन् । आलाप रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई झलक संगीतमले मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा टिका सानु, अर्जुन बिक, हेमराज अधिकारी र सखिना श्रेष्ठको अभिनय रहेको छ भने निर्मल क्षेत्री सरिस्मा मगर, बिन्दास ढकाल र प्रियंका नेपालीको नृत्य रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन पनि दुर्गा बिरहीले नै गरेका हुन् भने छायाकंन प्रकाश खड्काले गरेका हुन् । बिन्दास ढकालको कोरियोग्राफी रहेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु