दुर्गाले ल्याइन् ‘संगीनी’

म्यूजिक खबर
प्रकाशित: ३२ श्रावण २०७७, आईतवार

काठमाडौं । यो वर्षको तीज पनि हाम्रो संघारमै आइपुगेको छ । कोरोना कहरका कारण उल्लासमय हुनुपर्ने वातावरण पनि शुन्य जस्तै बनेको छ । थुप्रै गीतहरु सार्वजनिक पनि भए । यसै क्रममा सुमधुर स्वरकी धनि गायिका दुर्गा परियारले पनि ‘संगीनी’ बोलको गीत लिएर श्रोतामाझ आएकी छन् ।
गीतमा दुर्गाकै शब्द रहेको छ भने दुर्गा र मुन्ना गुरुले संगीत भरेका छन् ।

निकै मिठो गीतको भिडियो भने सामान्य बनेको छ । दुर्गाले स्टुडियोमा गीत गाइरहेको दृश्यलाई भिडियोमा उतारिएको छ । भिडियोमा छायांकन, निर्देशनर सम्पादन अमित सुनारको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु