• अश्लिल शब्द प्रयोग तथा आपत्तिजनक सिनका कारण विवादमा दुर्गेश थापा

    म्यूजिक खबर
    प्रकाशित: ५ बैशाख २०७७, शुक्रबार

    काठमाडौं । पछिल्लो समय कोरोना त्रासका कारण रंगिन दुनिया मस्त निदाए पनि डिजिटल मिडियामा भने विभिन्न गतिविधिहरु भैरहेको छ । छायांकन भैसकेका भिडियोहरुलाई सम्पादन गर्दै युट्युबमा सार्बजनिक गर्ने तथा कलाकारहरु विभिन्न आफ्नो तथा कुनै पनि ब्राण्डको फेसबुक पेजमा लाईभ आउने क्रम बिस्तारै बाक्लिदो छ । सोही क्रममा गायक तथा मोडल दुर्गेश थापाले नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । उनले सार्बजनिक गरेको ‘मास्कर’ बोलको गीतमा प्रयोग भएका अश्लिल शब्द तथा भिडियोमा प्रयोग गरिएका केहि आपत्तिजनक सिनका कारण यतिखेर दुर्गेश विवादमा तानिएका हुन् । उनी यसअघि पनि तिहारमा सार्बजनिक गरेको एक गीतमा सामाजिक खलल पुर्याउने काम गरेको भन्दै विवादमा तानिए र प्रहरीले पक्राउ समेत ग¥यो । उनलाई सो बेला मुद्दा दायर गर्ने अधिवक्ता यज्ञमणि न्यौपानेले यसपटक पनि गीत तथा भिडियोको बारे आपत्ति जनाएका हुन् ।

    यस्तै अधिवक्ता न्यौपानेले भिडियोमा फिचर्ड भएकी मोडल सोनीका रोकायाप्रति पनि लक्षित गर्दै सो भिडियोमा दिएको सिनप्रति पनि आपत्ति जनाएका छ्न् । निलो चलचित्रमा हुने जत्तिकै सिन देखाउनु सोनिकाको नैतिकताको कुरा हो जस्तो आफुलाई नलागेको भन्दै सोनिकाले आफ्नो छताछुल्ल रुप देखाउदै इज्जत घटाउने काम, नेपालि समाजलाई खिल्ली उडाउने, नेपालि मनोबल र कानुनलाई पनि खिल्ली उडाएको उनले बताए । भिडियोमा सोनिकालाई बेड सिनमा लिप्त भएको देखाईएको छ । अधिवक्ता भन्छन ‘म त भन्छु कि दुर्गेश जीलाई यस्ता शब्द लिएर आउनुहुन्छ, छायांकन गर्नुहुन्छ भने नेपालमा नबस्नुस, जानुस जुनदेशमा निला चलचित्र प्रदर्शन गर्ने छुट छ त्यतैतिर जानुस, नेपालको नागरिकता त्याग्नुस् ।’

    उनले यो नेपालि संस्कार र धर्म माथि ठुलो प्रहार भएको सुनाए । गीतमा केहि अशिल शब्दलाई म्युट गरिए पनि केहि अश्लिल शब्दहरुलाई भने त्यतिकै छोडिएको छ । गीतमा नेपालका ठुला काण्डलाई पनि समाबेश गरिएको छ । जसले आम नेपालीको आवाज बोल्दै सरकारलाई झकझक्याए पनि अश्लिलाताले सो आवाजलाई दवाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु