‘पिरती लाम भन्छे मलाई’ मा दुर्गेश र रेश्मा

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७८, बिहीबार

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापा र रेश्मा केसी अभिनित नयाँ गीत ‘पिरती लाम भन्छे मलाई’ सार्वजनिक गरिएको छ । गायिका समिक्षा अधिकारी र गायक दीपक ढकालको स्वर रहेको गीतमा वीरेन्द्र ढकालको शब्द र गोविन्द पंगेनीको संगीत छ ।

शिव विकले निर्देशन गरेको भिडियोमा दुर्गेश र रेश्माको जोडी बाँधिएको छ । भिडियोमा दुर्गेश र रेश्माले आकर्षक अभिनय गरेकी छन् । भिडियोमा अजय रेग्मीको छायाँकन तथा पदम सुवेदीको सम्पादन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु