• आलु जस्तो गायकको ‘बाँसको डोको’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ८ भाद्र २०७७, सोमबार

    काठमाडौं । दुर्गेश थापाको पछिल्लो गीत आलु जस्तो गायकको बजारमा चर्चा परिचर्चा भइरहेको बेलामा नयाँ गीत ‘बाँसको डोको’ सार्वजनिक भएको छ । युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको अभिनय रहेको अर्को गीत‘बाँसको डोको’ पनि भोलि सार्वजनिक हुने भएको छ । लोक गायक साजन कुवँरको गीति एल्वम बाँसको डोकोमा समावेश गीतमा दुर्गेशलाई अभिनयमा नारायणी केसी र कमल परियारले सघाएका छन् ।
    ‘बाँसको डोको’मा गायक साजन कुवँर र शान्ति श्री परियारको स्वर रहेको छ भने संगीत पुजा गुरुङ र शव्द यज्ञ सापकोटाको रहेको छ ।

    पुनम अडियो भिडियो सोलुसन प्रालिको प्रस्तुतिमा तयार पारिएको उक्त गित पुनम रेकर्डिङ स्टुडियोम रेकर्ड गरिएको थियो । महेश बिक्रम पाण्डेको एरेन्ज तथा मिक्सिङ रहेको उक्त गीतलाई दुर्गा श्रेष्ठले निर्दशन गरेका छन । ब्यस्त छायाँकार सागर गौतमको छायांकन रहेको यो गीतको भिडियो सम्पादन काम मिलन बिश्वकर्माले गरेका छन् । प्राय फिल्मी गीतहरुमा काम गर्ने कोरियोग्राफर सुरेश पाण्डेको कोरियोग्राफि यो गीतमा देख्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु