एक नारायण भण्डारीको सृजनामा टिपिकल लोक दोहोरि “झुक्क्यायो चोलिले”

म्यूजिक खबर
प्रकाशित: २४ चैत्र २०७५, आईतवार

काठमाडौँ – नेपालि गीतसंगीतका राजा मानिएका ३ करोड नेपालीका ढुकढुकी सर्जक तथा संगीतकार एक नारायण भण्डारीले एक अर्को आशा लाग्दो गित सार्वजनिक गरेका छन् । एक नारायण भण्डारीको आफ्नै लय तथा शब्द सृजना रहेको टिपिकल लोकदोहोरी गित”झुक्क्यायो चोलिले”सार्वजनिक भए लगतै एकाएक चर्चाको सिखारमा आएको छ ।

गीतमा गायक बाबुराम पन्थी,झबिन्द्र पौडेल र गायिका दिलसरा मगरको आवाज रहेको छ । संगीत एरेन्ज आशिष अविरलले गरेका छन् । दर्जनौ गीतका निर्देशक शिव बिकको निर्देशन रहेको यस गीतमा मोडल लोमस शर्मा,रमेश थापा र नायिका सुष्मा अधिकारीको निकै नै दमदा अभिनय रहेको छ । गीतलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् भने रामेश्वर कार्कीले छायांकन गरेका हुन् । यस गीतलाई एकनारायण भण्डारीको व्यक्तिगत आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । शुभकामना यो गीतका सम्पूर्ण टिमलाई ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु