बसन्त सापकोटाको ‘यो ज्यान कस्तो बेइमानी’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १७ असार २०७६, मंगलवार

गायिका एलिना चौहान स्वरमा ‘यो ज्यान कस्तो बेइमानी’ बोलको गीत सार्वजनिक भएको छ । युट्युबमा कभर गीत गाएर चर्चामा आएकी गायिका पछिल्लो समय नीकै गीत रेकर्ड गराइरहेकी छिन् । गीतमा बसन्त सापकोटाले पनि स्वर दिएका छन् । गीतमा शब्द तथा सङ्गीत पनि सापकोटा कै रहेको छ । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् । भिडियोमा गायकरगायिकाको ‘लिपसिङ’ मात्र खिचिएको छ । शान थापाले निर्देशन गरेका हुन भने राजिव समरको सहायक निर्देशक रहेको छ । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोलाई सोमबार बसन्त सापकोटाको आफिसियल युट्युब च्यानमार्फत् सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु